दफा ६ख
स्थानीय बीउ बिजन व्यवस्थापन समिति गठन गर्न सकिने
आफ्नो क्षेत्रभित्र उत्पादन हुने बीउ बिजनको स्थानीय तहमा उत्पादन, संरक्षण र सम्बर्धन गर्न तथा तत्सम्बन्धमा कृषकलाई परामर्श दिन स्थानीय कानूनमा व्यवस्था भए बमोजिम स्थानीय बीउ बिजन व्यवस्थापन समिति गठन गर्न सकिनेछ।